सुनसरी र झापामा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका-६ बस्ने १८ वर्षीया स्मृति चौधरीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको हो ।
आफ्नै घरमा कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सान्वीसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, झापाको अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने ३५ वर्षीय दीपक पाण्डेको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।
बिर्तामोड नगरपालिका-२ पश्चिम स्टेण्डस्थित बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।