०६ साउन २०८३, बुधबार

एमालेभित्र विग्रह फैलाउने प्रयासलाई पोलिटब्युरो बैठकले निस्तेज बनायो : भट्टराई

साउन ३, २०८२
काठमाडौं
एमालेभित्र विग्रह फैलाउने प्रयासलाई पोलिटब्युरो बैठकले निस्तेज बनायो : भट्टराई

नेकपा (एमाले) का नेता राजन भट्टराईले पोलिटब्युरो बैठकले पार्टीभित्र विग्रह मच्चाउने प्रयासलाई निस्तेज पारेको दाबी गरेका छन्।

पूर्व राष्ट्रप्रमुखको सक्रिय राजनीतिमा पुनः प्रवेशको चर्चा भइरहेका बेला एमाले नेतृत्वप्रति आशंका र अन्योल सिर्जना गर्न खोजिएको अवस्थामा उक्त बैठकले स्पष्ट मार्गचित्र प्रस्तुत गरेर पार्टी एकता थप सुदृढ बनाएको भट्टराईको भनाइ छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले लेखेका छन्, “पूर्व राष्ट्रप्रमुखको सक्रिय राजनीतिमा पुनः संलग्न हुने विषयलाई लिएर एमालेभित्र भाडभैलो मच्चाउन खोज्ने तत्वहरूलाई आज सम्पन्न पोलिटब्युरो बैठकले मात्र निराश पारेको छैन; यस बैठकले पार्टी एकता प्रति गहिरो प्रतिबद्धता जनाउँदै आगामी दिनहरूमा पनि पार्टी अझ एकतावद्ध र सुदृढ भएर अघि बढ्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।”

उनको भनाइमा पार्टी एकताप्रति नेतृत्वको स्पष्ट प्रतिबद्धता देखिएको र कुनै पनि प्रकारको दलीय भित्र्याउने षड्यन्त्र सफल हुन नसक्ने संकेत स्पष्ट भएको छ।

salt training

कमेन्ट गर्नुहोस्