०३ साउन २०८३, आइतबार

देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

साउन ४, २०८२
काठमाडौं
देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आह्वान गरेका छन् ।

उनले मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको उल्लेख गर्दै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् । 

प्रधानमन्त्री ओलीले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न अपिल गरेका छन् । 

‘अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 

जल तथा मौसम विज्ञान विभाग आज आइतबार दिउँसो देशका तीन प्रदेश; कोशी, बागमती र गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको समेत सम्भावना समेत रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्