२६ जेठ २०८३, मंगलबार
प्रधानमन्त्रीको भारत भ्रमण तय

२ दिने औपचारिक भ्रमणका लागि भदौ ३१ मा प्रधानमन्त्री ओली नयाँ दिल्ली जाने

साउन ४, २०८२
काठमाडौं
२ दिने औपचारिक भ्रमणका लागि भदौ ३१ मा प्रधानमन्त्री ओली नयाँ दिल्ली जाने

भारतको निमन्त्रणामा २ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते नयाँ दिल्ली जाने भएका छन् । नयाँ सरकार बनेको १४ महिनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भदौ ३१ गते नयाँ दिल्ली गएर भोलिपल्टै स्वदेश फर्किने गरी कार्यक्रम तय भएको छ ।

 ‘प्रधानमन्त्रीबाट भारतको औपचारिक भ्रमण हुने तय भएको छ, केही दिनमा औपचारिक घोषणा हुन्छ’, प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो ।

भ्रमणको क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच गत अप्रिल ४ मा थाइल्याण्डको राजधानी बैंककमा बिमस्टेक समिटका क्रममा साइडलाइन भेट भएको थियो । त्यसअघि गत सेप्टेम्बर २३ मा अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको थियो ।

२०८१ असार ३१ गते कांग्रेस–एमालेबीच नयाँ गठबन्धन सरकार बनेको लामो समयसम्म नेपालका प्रधानमन्त्रीबाट भारतको भ्रमण हुन सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्