२७ जेठ २०८३, बुधबार
विद्या भण्डारी च्यासलमा

पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालय पुग्दा कार्यालय सचिवले गेटमै गरे स्वागत

साउन ४, २०८२
काठमाडौं
पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालय पुग्दा कार्यालय सचिवले गेटमै गरे स्वागत

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगेकी छिन् ।

७ वर्ष राष्ट्रपति भएपछि पुनः एमालेको राजनीतिमा फर्किएको घोषणा गरेको तीन हप्तापछि भण्डारी आइतबार पार्टीको केन्द्रीय कार्यालय पुगेकी हुन् ।

भण्डारीलाई केन्द्रीय कार्यालय परिसरमा सचिव भीष्म अधिकारीले स्वागत गरेका थिए ।

च्यासलमा चार बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उनले भेट गर्ने छिन् ।

आइतबार दिउँसो ३ बजेलाई तय भएको भेटवार्ताको समय चार बजेलाई सारिएको दियो ।

पार्टीसँग समन्वय नै नगरी सक्रिय हुने भण्डारीको घोषणाले एमालेमा तनावको स्थिति आएको छ । तर पनि भण्डारीसँग ओलीले संवाद गर्न खोजेका हुन् ।

 

null

salt training

कमेन्ट गर्नुहोस्