३१ जेठ २०८३, आइतबार

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

साउन ४, २०८२
काठमाडौं
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन् ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतबाट गत चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले लोकान्तरलाई जानकारी दिए । 

अहिराजविरुद्ध एक नाबालिकासँगको  सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा उजुरी परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्