२९ जेठ २०८३, शुक्रबार

निर्णायक खेलमा आज नेपालले बंगलादेशसँग खेल्दै

साउन ५, २०८२
काठमाडौं
निर्णायक खेलमा आज नेपालले बंगलादेशसँग खेल्दै

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रोपटक बंगलादेशसँग खेल्दैछ । खेल बंगलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि शुरू हुनेछ ।  

आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ। 

प्रतियोगितामा बंगलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ । 

डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ। बंगलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ।

प्रतियोगितामा नेपाल, बंगलादेश, भूटान र श्रीलंका गरी चार टोली  सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्