
काठमाडौं, २३ मंसिर - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर दुईबाट भारी मत अन्तरले चुनाव जितेका छन् ।
२७ हजार ३ सय ६६ मत ल्याउँदै नेपाल विजयी भएका हुन् ।
नेपाली कांग्रेसका दिपक कुइँकेल १४ हजार ९ सय २ मत ल्याउँदै पराजित भएका छन् ।
विवेकशील साझा पार्टीका नेता सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएर तेस्रो भएका छन् ।