०३ असार २०८३, बुधबार

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

साउन ५, २०८२
संखुवासभा
करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।

चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्