३० जेठ २०८३, शनिबार

कांग्रेसका सात नेताबीच चाक्सीबारीमा छलफल

साउन ५, २०८२
काठमाडौं
कांग्रेसका सात नेताबीच चाक्सीबारीमा छलफल

नेपाली कांग्रेसका पूर्वपदाधिकारीसहितका नेता छलफलमा जुटेका छन् ।

यस अघिदेखि नै आलोपालो छलफल गर्दै आएका संस्थापन निकटका नेताहरूले सोमबार पनि छलफलमा जुटेका हुन् ।

पूर्वउपसभापति प्रकाशमान सिंहको चाक्सीबारीस्थिति घरमा सात नेता छलफलमा जुटेका हुन् ।

छलफलमा सिंहसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी छन् ।

छलफलमा समसामयिक राजनीति, पार्टीको १५ औं महाधिवेशनसहितका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

यस अघि पनि शीर्ष नेताहरूले आलोपालो यस्तो छलफल गर्दै आएका थिए ।

सात नेताले सभापतिको उम्मेदवार आफूहरू मध्येबाटै तय गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्