
नेकपा एमालेमा १ लाख ३९ हजार सदस्य थपिएका छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको हो ।
संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम र जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशील भएर अघि बढेको देखिने गौतमले बताए ।
उनले एमाले संगठन विस्तारमा निरन्तर लागिरहेको पनि बताए ।