२४ असार २०८३, बुधबार

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीच एकता हुनुपर्छ : माधव नेपाल

साउन ६, २०८२
काठमाडौं
कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीच एकता हुनुपर्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक प्रगति र जनताको समृद्धिका लागि सबै वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले वामपन्थी शक्तिबीचको धुर्वीकरणले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बताउँदै कम्युनिष्ट पार्टीका भूमिकाबारे उल्लेख गरे । 

समाजवादी क्रान्तिको विश्लेषण गर्दै अध्यक्ष नेपालले शक्ति तथा सङ्गठन विस्तारका लागि कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिए । 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श अवलम्बन गर्ने पार्टी तथा नेतृत्वमा आएको वैचारिक विचलनले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा सङ्कट देखापरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्