
नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नदिने निर्णय गरेको छ ।
सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक समापन गर्दै एमालेले सम्मानित राष्ट्रपति कुनै दलको सक्रिय राजनीतिमा आउन नहुने भन्दै यस्ताे निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देशको गौरव र सम्मानित पदमा पुगेको व्यक्ति राजनीतिमा आउन नमिल्ने निर्णय गरेको जानकारी दिए ।
यो निर्णयमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले मात्रै फरक मत राखेको जानकारी गौतमले दिए ।