२९ असार २०८३, सोमबार

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

साउन ७, २०८२
बाग्लुङ
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
फाइल तस्वीर

अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कोरिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए । 

उक्त खण्डमा आज बिहानदेखि यातायात सञ्चालन ठप्प भएको छ । 

वर्षाका कारण कालीगण्डकी कोरिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको हो । 

अवरुद्ध सडक खुलाउन कालीगण्डकी कोरिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए । कोरिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
 

कमेन्ट गर्नुहोस्