२१ असार २०८३, आइतबार

थोक कर्जा माग गर्न इच्छुक सहकारी संस्थालाई युवा स्वरोजगार कोषको पुनः आह्वान

साउन ७, २०८२
काठमाडौं
थोक कर्जा माग गर्न इच्छुक सहकारी संस्थालाई युवा स्वरोजगार कोषको पुनः आह्वान

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बेरोजगार युवालाई कर्जा प्रवाह गर्ने उद्देश्यले सहकारी संस्थाहरूलाई पुनः थोक कर्जा प्रस्ताव पेश गर्न सूचना सार्वजनिक गरेको छ।

बुधबार प्रकाशित सूचनामा कोषले तोकिएको मापदण्ड अनुसार प्रस्ताव पेश गर्न छुट भएका इच्छुक सहकारी संस्थाहरूलाई १५ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ। प्रस्ताव पेश गर्ने अन्तिम म्याद श्रावण २१ गते बिहीबार तोकिएको छ। उक्त दिन सार्वजनिक बिदा परेमा भोलिपल्टसम्म प्रस्ताव पेश गर्न सकिने उल्लेख गरिएको छ।

थोक कर्जा लिई बेरोजगार व्यक्तिहरूलाई व्यक्तिगत वा सामूहिक स्वरोजगार बनाउन कर्जा प्रवाह गर्ने उद्देश्यले कोषले २०६२ सालदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

salt training

कमेन्ट गर्नुहोस्