३० असार २०८३, मंगलबार

करेन्ट लागेर दुई जनाको मृत्यु

साउन ७, २०८२
काठमाडौं
करेन्ट लागेर दुई जनाको मृत्यु

मोरङ र धनुषामा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ । 

मोरङको कटहरी गाउँपालिका-६ थलाहास्थित विद्युतीय पोलमा चढि तार जडान गर्ने क्रममा करेन्ट लागेर विद्युत कार्यालयका कर्मचारी भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्कीको मंगलबार राति मृत्यु भएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय राहुल कुमार दासको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । 

सोही ठाउँस्थित न्यू कृष्णा डिस्पोजल उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्