२० असार २०८३, शनिबार

नेप्से बुधबार पनि हरियोमै कायम, ५.१७ अंकले बढ्यो

साउन ७, २०८२
काठमाडौं
नेप्से बुधबार पनि हरियोमै कायम, ५.१७ अंकले बढ्यो

बिहानैदेखि करेक्सनको लयमा देखिएको शेयर बजार परिसूचक (नेप्से) अन्तिममा बढेर बन्द भएको छ ।

बुधबार नेप्से ५.१७ अंकले बढेर २,९७८.८८ बिन्दुमा कायम भएको हो ।

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से बुधबार पनि हरियोमै कायम रहन सफल भएको छ । 

४४ लाख ८६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

बजारमा आज ९८ वटा कम्पनीका सेयरको मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेको देखिएन ।

ट्रेड टावर, सान्भी इनर्जी, ग्रिन भेन्चर लगायतको लगायतको शेयरमा उच्च वृद्धि देखिँदा कारोबारका हिसाबले हिमालयन रिइन्स्योरेन्स र शिवम सिमेन्ट सबैभन्दा अगाडि रहन सफल भएका छन् ।

समग्र बजार पुँजीकरण ४ खर्ब ९७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने फ्लोट पुँजीकरण १ खर्ब ६९ अर्ब २६ करोड रुपैयाँ नाघेको छ ।

salt training

कमेन्ट गर्नुहोस्