
नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम सिरिजमा नयाँ ग्यालेक्सी एम ३६ ५ जी सार्वजनिक गरेको छ ।
यो स्मार्टफोन भेल्भेट र सेरिन ग्रीन रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुने सामसुङले जनाएको छ ।
यो फोन दुई भेरियन्टमा उपलब्ध हुनेछ । जसअन्तर्गत ८ जीबी प्लस १२८ जीबी भएको फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी प्लस २५६ जीबी भएको फोनको मूल्य ४१ हजार ९९९ रुपैयाँ रहेको छ ।
गूगलसँगको सर्कल टु सर्च र जेमिनी लाइभ जस्ता फिचरहरूमार्फत् ग्यालेक्सी एम ३६ ५ जीले एआईलाई अझ नजिक ल्याउने कम्पनीको विश्वास छ ।
सिर्फ ७.७ एमएम पातलो यो फोनले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ ।
५० मेगापिक्सेलको ओआइएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्वीरहरू खिच्ने कम्पनीको दाबी छ ।