
बागमती प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृतिमन्त्री विमल ठकुरी र सहकारीमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका कांग्रेस सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
राजीनामा दिएपछि अब मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउनेबारे छलफल भइरहेको मीनकृष्ण महर्जनले बताए।
‘हामी चार जना मन्त्रीले राजीनामा दिएका छौं । अब संसदीय दलको नेता परिवर्तन गर्छौं,’ महर्जनले लोकान्तरसँग भने, ‘यसका लागि प्रक्रिया अघि बढेको छ । हामी बहुसङ्ख्यक सांसद मुख्यमन्त्रीलाई हटाउने पक्षमा छौं ।’
कांग्रेसका ३७ मध्ये लामालाई हटाउन २४ जना सहमत भएको दाबी नेताहरूले गरेका छन् ।
लामालाई हटाएर बागमती संसदीय दलको नेता ईन्द्र बानियाँलाई बनाउने तयारी भएको छ । त्यसपछि उनलाई मुख्यमन्त्री बनाउने तयारीमा नेताहरू छन् ।