
काठमाडौं, २४ मंसिर – काठमाडौं–५ मा मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि रोकिएको मतगणना कार्य अहिले शुरु भएको छ ।
पछिल्लो मतगणना अनुसार वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलले १५ हजार ४ सय ८१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतले ८ हजार ८ सय ८८ मत ल्याएका छन् ।