०२ साउन २०८३, शनिबार

भारत र इंग्ल्याण्डबीचको चौथो टेस्ट बराबरीमा सकियो

साउन १२, २०८२
काठमाडौं
भारत र इंग्ल्याण्डबीचको चौथो टेस्ट बराबरीमा सकियो

इंग्ल्याण्डसँगको चौथो टेस्टमा भारतले नाटकीय रूपमा हार टारेको छ । दोस्रो इनिङमा तीन ब्याटरले शानदार शतक बनाएपछि इंग्ल्याण्डको अपेक्षित जीत रोक्दै भारतले खेल ‘ड्र’ गरेको हो ।

पहिलो इनिङमा ३५८ रन बनाएको भारत जवाफमा इंग्ल्याण्डले ६६९ रन बनाएपछि ३११ रनले पछाडि परेको थियो । दोस्रो इनिङको शुरूआतमै २ विकेट गुमाएको भारतले त्यसपछि शानदार पुनरागमन गरेको हो ।

त्यसपछि कप्तान शुभमन गिल र केएल राहुलले १८८ रनको साझेदारी गरे । गिल १०३ रन बनाएर आउट भए भने राहुल ९० रनमा आउट भए ।

त्यसपछि भारतले विकेट खस्नै दिएन । रविन्द्र जडेजाले अविजित १०७ र वासिङटन सुन्दरले अविजित १०१ रन बनाएर भारतलाई सुरक्षित बनाए ।

पाँच खेलको सिरिज अहिले २–१ मा इंग्ल्यान्डको पक्षमा छ र अन्तिम निर्णायक टेस्ट द ओभलमा हुनेछ।
 

salt training

कमेन्ट गर्नुहोस्