
काठमडौं,२४ मंसिर– पर्वतको निर्वाचन क्षेत्र नंबर १ को प्रदेश र प्रतिनिधिसभा दुवैमा वामगठबन्ध विजयी भएका छन् ।
पर्वतको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा एमालेका पदम गिरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशीलाई १२ हजार ४ सय ५६ मतान्तरले पछाडि पार्दै जित हात पारेका हुन् । एमालेका उम्मेदवार गिरीले ३९ हजार २ सय ७५ मत पाप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका जोशील २६ हजार ८ सय १९ मत पाएका छन् ।
सो क्षेत्रमा १ लाख ७ हजार ३ सय मतदाता रहेकामा ६९ हजार ८ सय ५३ मत खसेको थियो । सो क्षेत्रमा २ हजार २ सय ८१ मत बदर भएको छ ।
क्षेत्र नंबर १ मा पनि वामगठबन्धनले जित हासिल गरेको छ ।
प्रदेशसभा क मा वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेत्र अधिकारीले २१ हजार ५ सय ८ मत पाप्त गर्दै विजयी पाप्त गरेका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवराज गुरुङले १६ हजार ६ सय ८५ मत पाप्त गरे ।अधिकारी र गुरुङको मतान्तर बिच ४ हजार ८ सय २३ रहेको छ ।
प्रदेशसभा ख मा एमालेका विकास लम्साल विजयी भएका छन् उनले १५ हजार ४ सय ३४ मत पाउदा नेपाली कांग्रेसका उम्मेदवार राजेन्दू तिवारीले १३ हजार ३ सय ५२ मत पाप्त गरे ।