०२ असार २०८३, मंगलबार

स्कुल बसले किचेर बालिकाको मृत्यु

साउन १२, २०८२
काठमाडौं
स्कुल बसले किचेर बालिकाको मृत्यु

सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको मृत्यु भएको छ । 

ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा म प्र ०३–००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रा महतोलाई घर पु¥याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ । 

घाइते बालिकाकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्