१९ असार २०८३, शुक्रबार
मनसुनी वायु सक्रिय

देशका धेरै ठाउँमा रातिदेखि वर्षा, बागमतीसहित तीन प्रदेशमा दिउँसो ठूलो पानी पर्ने

साउन १३, २०८२
काठमाडौं
देशका धेरै ठाउँमा रातिदेखि वर्षा, बागमतीसहित तीन प्रदेशमा दिउँसो ठूलो पानी पर्ने

गएराति देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा दाङमा सबैभन्दा धेरै ८५.२ मिलिमिटर र बाँकेमा ७१.२ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेशको पर्सा, रौतहटलगायत ठाउँमा पनि पानी परेको छ । 

कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी ठाउँका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । केही दिन कमजोर रहेको मनसुनी वायु सक्रिय भएपछि आइतबारदेखि पानी पर्न थालेको हो । 

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति लुम्बिनीलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।

salt training

कमेन्ट गर्नुहोस्