
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित अरनिको राजमार्ग अन्तर्गतको ईकु क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गएराति अबिरल वर्षापछिको पहिरोले राजमार्गको उक्त खण्डमा सवारी आवागमन अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सडक माथिबाट ठूलो परिमाणमा माटो र ढुंगासहितको पहिरो खसेपछि दुबै दिशातर्फका सवारी साधन रोकिएका छन्। अहिले सो क्षेत्रमा बाटो खुलाउने काम तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।