२६ असार २०८३, शुक्रबार

थाइल्याण्ड र कम्बोडियाबीच युद्धविरामको घोषणा

साउन १३, २०८२
काठमाडौं
थाइल्याण्ड र कम्बोडियाबीच युद्धविरामको घोषणा

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले कम्बोडिया र थाइल्याण्ड युद्धविराम लागू गर्न सहमत भएको बताएका छन् ।

प्रधानमन्त्री हुन मानेट र थाइल्याण्डका कामचलाउ प्रधानमन्त्री फुमथम भेचायचाईले तत्काल युद्धविरामको लागि आफ्नो इच्छा व्यक्त गरेको उनले बताए । 

थाइल्याण्ड र कम्बोडियाबीच सोमबार स्थानीय समयअनुसार मध्यरातदेखि तत्काल र बिना शर्त युद्धविराम लागू भएको उनले बताए । 

अनवर इब्राहिमले भने, 'तनाव कम गर्ने र शान्ति र सुरक्षा पुनर्स्थापित गर्ने दिशामा यो पहिलो महत्त्वपूर्ण कदम हो,' उनले भने । 

थाइल्याण्ड र कम्बोडियाबीच तीन कुरामा सहमति भएको छ । दुवै देशका सैन्य कमाण्डरहरूले मंगलबार बिहान ७ बजे अनौपचारिक बैठक गर्नेछन् र त्यसपछि, अगस्ट ४ मा आसियानका अध्यक्षको नेतृत्वमा रक्षा संलग्नकहरूको बैठक हुनेछ।
 

salt training

कमेन्ट गर्नुहोस्