०७ साउन २०८३, बिहीबार

नारायणघाट-बुटवल सडकको दाउन्नेबाहेक प्राय: सबै ठाउँमा कालोपत्रे

साउन १३, २०८२
काठमाडौं
नारायणघाट-बुटवल सडकको दाउन्नेबाहेक प्राय: सबै ठाउँमा कालोपत्रे
एआई जेनेरेटेड तस्वीर ।

नारायणघाट-बुटवल सडकको अधिकांश भागमा कालोपत्रे गरिएको छ । दाउन्नेबाहेक ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकको प्राय: सबै ठाउँमा कालोपत्रे गरिएको नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ । 

अधिकांश सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको सडक योजनाको विश्वास छ । 

आयोजनाका अनुसार तर, दाउन्नेमा भने चालु वर्षा र आउँदो हिउँदसम्म अलि दु:खे हुने छ । त्यसपछि १३ किलोमिटर लामो दाउन्नेको यात्रा पनि पूर्ण सहज र सुरक्षित हुने आयोजनाको विश्वास छ ।

'११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकमा दाउन्नेबाहेक अन्यत्र प्राय: सबै ठाउँमा कालोपत्रे भएसँगै यात्रा सहज भैसकेको छ । चालु वर्षा र आउँदो हिउँदको केही समय दाउन्नेमा अलि दुख पक्कै होला,' आयोजनाले लेखेको छ, 'तत्पश्चात १३ किलोमिटर लामो दाउन्नेको यात्रा पनि यहाँ देखाइएको एआई जेनेरेटेड सडकजस्तै पूर्ण सहज र सुरक्षित हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौं ।'

कमेन्ट गर्नुहोस्