३१ असार २०८३, बुधबार

पहिरो पन्छाउन प्रयास नगरेको भन्दै स्थानीयले लगाए वडा कार्यालयमा ताला

साउन १३, २०८२
बैतडी
पहिरो पन्छाउन प्रयास नगरेको भन्दै स्थानीयले लगाए वडा कार्यालयमा ताला
फाइल फोटो

वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउन माग गर्दै स्थानीयले बैतडीको पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।​​

पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए । 

उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् ।

बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरू ताला लगाउन बाध्य भएको उनले बताए ।​

यसैबीच, वडाअध्यक्ष हिक्मतबहादुर विष्टले मशिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्