१० साउन २०८३, आइतबार
बागमतीमा कांग्रेस विवाद

संसदीय दलको नेताबाट पदमुक्त भए लामा, अविश्वासको प्रस्तावको पक्षमा बहुमत

साउन १३, २०८२
काठमाडौं
संसदीय दलको नेताबाट पदमुक्त भए लामा, अविश्वासको प्रस्तावको पक्षमा बहुमत

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट बहादुर सिंह लामा हटेका छन् । मंगलबार संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुगेको छ । 

यससँगै उनी दलको नेताबाट पदमुक्त भएका हुन् । 

अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका कांग्रेस संसदीय दलले जनाएको छ । 

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् ।

बानियाँको पक्षमा २२ मत र लामाको पक्षमा १५ मत परेको छ । 

अविश्वास प्रस्तावको पक्षमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल,  यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरिङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङले मतदान गरेका छन्  । 

यसैगरी, अविश्वास प्रस्तावको विपक्षमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गीता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गीले मतदान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्