२९ जेठ २०८३, शुक्रबार

माधव नेपालको पार्टी कार्यालयमा समाजवादी मोर्चाको बैठक

साउन १३, २०८२
काठमाडौं
माधव नेपालको पार्टी कार्यालयमा समाजवादी मोर्चाको बैठक

समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । 

बैठकमा समसामयिक राजनीतिको समीक्षा, मोर्चाको थप प्रभावकारिता र मोर्चाको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

मोर्चामा नेकपा एस, नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल छन् ।

पछिल्लो समय मोर्चाका गतिविधि निष्क्रिय भएका थिए। मोर्चा निष्क्रिय भएपछि विप्लवले विघटन गर्ने प्रस्ताव गरेको बुझिएको छ। 

उनले हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटेर असन्तुष्टि पोखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्