
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य पारजित भएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा कबाट उम्मेदवार रहेका प्रचण्डका छोरी ज्वाइँ आचार्य पराजित भएका हुन् ।
उनी कांग्रेसका उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका छन् । तबदारले २३ हजार ५१३ मत ल्याए भने आचार्यले २१ हजार ४७० मत पाए ।
उता प्रचण्डकी बुहारी विना मगर भने कञ्चारपुरबाट जित नजिक पुगेकी छिन् । कञ्चानपुरमा मगर कांग्रेस उम्मेदवारभन्दा करिब ६ हजार मतले अगाडि छिन् ।