१५ असार २०८३, सोमबार

चितवनमा करेन्ट लागेर १ जनाको मृत्यु

साउन १३, २०८२
चितवन
चितवनमा करेन्ट लागेर १ जनाको मृत्यु

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज भरतपुर महानगरपालिका– १८ गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्