२५ जेठ २०८३, सोमबार

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा

साउन १३, २०८२
काठमाडौं
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताएका छन् । 

सञ्चारमाध्यमहरूलाई आज प्रतिक्रिया दिँदै उनले सरकार र संसदीय दल फरक भएकाले संसदीय दलमा विश्वास गुमे पनि सरकारबाट भने राजीनामा नदिने स्पष्ट पारे । उनले गठबन्धन दलहरूको पनि समर्थन रहेकाले राजीनामा नदिने बताए । 

 मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए । 

संसदीय दलका सचिव कृष्ण तामाङले गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएको बताए । 

उनका अनुसार उनीहरूले नयाँ संसदीय दलको नेताको रूपमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँलाई अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्