०८ साउन २०८३, शुक्रबार

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन, निर्वाचन कार्यक्रम सार्वजनिक

साउन १३, २०८२
काठमाडौं
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन, निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन हुने भएको छ। निर्वाचनको पूर्वसन्ध्यामा आज निर्वाचन समितिले निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम सार्वजनिक गरेको छ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन प्रक्रिया भोलि बिहान ८:०० बजे मतदाता नामावली प्रकाशनबाट सुरु हुनेछ। त्यसपछि दावी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध, नाम फिर्ता तथा अन्तिम उम्मेदवार नामावली प्रकाशन क्रमशः तोकिएको समयअनुसार एकै दिन सम्पन्न गरिनेछ।

मतदान कार्य भोलि दिउँसो २:०० बजे सुरु भई ३:०० बजेभित्र सम्पन्न हुनेछ। मतदान स्थल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसर, हेटौंडा तोकिएको छ।

निर्वाचन समितिका अनुसार मतगणना मतदान सकिएको तुरुन्तै सुरु हुनेछ र त्यसपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। मतदानका लागि मतदाताले प्रदेश सभा सचिवालयद्वारा जारी परिचयपत्र वा वैध परिचय खुल्ने प्रमाणपत्र अनिवार्यरूपमा साथमा ल्याउनुपर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्