३१ जेठ २०८३, आइतबार

बाटोमा चिप्लिएर दुईको मृत्यु

साउन १३, २०८२
काभ्रेपलाञ्चोक
बाटोमा चिप्लिएर दुईको मृत्यु

काभ्रेपलाञ्चोकका दुई जनाको बाटोमा चिप्लिएर आज मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । 

यस्तै, बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ । आज स्थानीय डेरीमा दूध पु¥याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्