३१ जेठ २०८३, आइतबार

बलात्कार आरोपमा १ जना पक्राउ

साउन १४, २०८२
इलाम
बलात्कार आरोपमा १ जना पक्राउ

इलाममा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको ​मिक्लाजुङ गाउँपालिका- ८ तोरीबारी बस्ने २७ वर्षीय भेषराज दुलाल छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भेषराजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्