२९ जेठ २०८३, शुक्रबार

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ

साउन १४, २०८२
काठमाडौं
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

आज भएको दलको निर्वाचनमा बानियाँले मख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै विजयी बनेका हुन् ।​

बानियाँले २२ मत प्राप्त गर्दा ​लामाले १४ मत पाएका थिए ।

यस अघि २०७९ पुस १३ गते कांग्रेस संसदीय दलको चुनावमा लामाले २१ र बानियाँले १५ मत पाएका थिए ।

कांग्रेस-एमाले गठबन्धन बनेपछि लामा मुख्यमन्त्री भएका थिए । उनी मुख्यमन्त्री हुँदा एक/एक वर्षको आलोपालोको सहमति भएको दाबी बानियाँ पक्षले गरेको छ । सोही कारणले मुख्यमन्त्रीबाट राजीनामा दिन लामामाथि दबाब परेको थियो । 

पार्टी सभापति शेरबहादुर देउवाको आग्रहबीच लामा राजीनामा नदिने अडानमा पुगेका हुन् । उनले राजीनामा नदिएपछि अर्को पक्षका चार मन्त्रीले राजीनामा दिएका थिए ।

त्यसपछि मंगलबार सांसदबीच मत विभाजन भएको थियो । यस्तोमा लामाले १५ मत मात्रै पाए । अघिल्लोपटक ५ भोटले हारेका बानियाँले यसपटक ७ प्रदेशसभा सदस्य आफ्नो पक्षमा पारेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्