
महोत्तरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सम्सी गाउँपालिका- ५ पोखरभिण्डा बस्ने १६ वर्षीय अमित यादव छन् । उनको बुधबार बिहान मृत्यु भएको हो ।
आफ्नै खेतमा रहेको विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी एकेडेमी पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।