
महोत्तरी क्षेत्र नम्बर दुईमा राजपाले अग्रता कायम गरेको छ ।
राजपाका नेता शरतसिंह भण्डारी १३ हजार ८ सय ८५ मतसहित अग्रस्थानमा रहँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार किरण यादव ६४१६ मतले पछि छिन् ।
यादव राष्ट्रपति विद्या भण्डारीकी सम्धिनी यादव कमजोर देखिएकी हुन् । उनी शरतसिंह भन्दा ७ हजार ४ सय ६९ मतले पछि छिन् ।