
काठमाडौं, २४ मंसिर– मतगणनाको अन्तिम परिणाम आइरहँदा वाम गठबन्धनको वर्चश्व कायम रहेका छ । गत मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुनेछन् । जसमध्ये अहिलेसम्म ६३ सीट वामपन्थी गठबन्धनले जितिसकेको छ ।
७७ वटा जिल्लाको अन्तिम परिणाम आइरहँदा ४१ जिल्लाको प्रतिनिधिसभामा वामपन्थी गठबन्धनले क्लिन स्विप गरेका छन् । अहिलेसम्मको प्रतिनिधिसभामा मतगणना सम्पन्न भइसकेका जिल्लामध्ये ४१ जिल्लाका प्रतिनिधिसभाका ६१ सिट वामपन्थी गठबन्धनको पक्षमा परेको छ ।
वामपन्थी गठबन्धनले प्रतिनिधिसभामा क्लीन स्वीप गरेका जिल्लाहरुः
१. बाजुरा (१ सिट)
२. झापा (५ सिट)
३. इलाम (२ सिट)
४. पाँचथर (१ सिट)
५. बैतडी (१ सिट)
६. बझाङ (१ सिट)
७. दार्चुला (१ सिट)
८. रुकुम (१ सिट)
९. रोल्पा (१ सिट)
१०. डोल्पा (१ सिट)
११. रुकुम पश्चिम (१ सिट)
१२. रुकुम पूर्व (१ सिट)
१३. दाङ (३ सिट)
१४. कालिकोट (१ सिट)
१५. जाजरकोट (१ सिट)
१६. जुम्ला (१ सिट)
१७. मुगु (१ सिट)
१८. दोलखा (१ सिट)
१९. नुवाकोट (२ सिट)
२०. सिन्धुपाल्चोक (२ सिट)
२१. सिन्धुलि (२ सिट)
२२. ललितपुर (३ सिट)
२३. सल्यान(१सिट)
२४. धादिङ (२ सिट)
२५. पर्वत (१ सिट)
२६. खोटाङ (१ सिट)
२७. भोजपुर (१ सिट)
२८. सोलुखुम्बु (१ सिट)
२९. मनाङ (१ सिट)
३०. मुस्ताङ (१ सिट)
३१. कास्की (३ सिट)
३२. लमजुङ (१ सिट)
३३. बागलुङ (२ सिट)
३४. रामेछाप (१ सिट)
३५. दैलेख (२ सिट)
३६. ओखलढुंगा (१ सिट)
३७. धनकुटा (१ सिट)
३८. म्याग्दी (१ सिट)
३९. ताप्लेजुंग (१ सिट)
४०. मकवानपूर (२ सिट)
४१. पाल्पा (२ सिट)