
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन् ।
'यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौँ, तेहरानबासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौं भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहनेछैन,' पेजेस्कियानले उत्तर–पश्चिमी शहर जान्जानको भ्रमणको क्रममा भने ।
राष्ट्रपतिले फारसी क्यालेन्डर अनुसार शरद ऋतुको पहिलो महिना अक्टुबरसम्ममा विद्यालयहरू खुल्ने र वर्षायाम सुरु हुनुअगावै पानीको माग बढ्ने भएकाले बाँधमा रहेको पानीको भण्डारण घट्न सक्ने बताए ।
इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको इन्फोग्राफिकका अनुसार तेहरानलाई खानेपानी सेवा दिने जलाशयको क्षमताको २० प्रतिशत मात्र भण्डारण बाँकी छ ।
राष्ट्रिय स्तरमा औसत जलाशयको सतह ४४ प्रतिशत मात्र छ ।