३१ असार २०८३, बुधबार

दंगल गर्ल जायरा वसीमलाई विमानमा दुर्व्यवहार

मंसिर २४, २०७४
दंगल गर्ल जायरा वसीमलाई विमानमा दुर्व्यवहार

काठमाडौं, २४ मंसिर — फिल्म दंगलमा गीता फोगटको बाल्यकालीन भूमिका निर्वाह गर्ने जायरा वसीमले विस्तारा एयरलाइन्समाथि दुर्व्यवहारको आरोप लगाएको छ । 

आफूमाथि भएको दुर्व्यवहारको बारेमा उनले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेर बताइन् । शनिवार दिल्लीबाट मुम्बईको उडानका बेलामा सहयात्रीले उनीसँग दुर्व्यवहार गरेको उनको आरोप छ । 

उनले यसबारेमा गुनासो गरेपनि विमान कर्मचारीले उनलाई सहायता गरेनन् । विमानसेवाले जायराको आरोपलाई अस्वीकार गरेको छ । 

यस घटनामा राष्ट्रिय महिला आयोगले ध्यानआकर्षण भएको बताउँदै एयरलाइन्सलाई नोटिस पठाएको छ । उड्डयन मन्त्रालयले पनि विस्तारा एयरलाइन्ससँग विस्तृत रिपोर्ट मागेको छ ।

मुम्बई पुगेपछि जायराले रुँदै मोबाइलमा एउटा भिडियो रेकर्ड गरिन् । उनले त्यो भिडियो इन्स्टाग्राममा शेयर गरिन् । 

उनी भन्छिन्, ‘म दिल्लीबाट मुम्बई जाँदै थिए । मपछाडि बसेका एक मानिसले मलाई आधी घन्टासम्म दिक्क लगाए । मैले उसलाई तह लगाउन उसको क्रियाकलाप फोनमा रेकर्ड गर्न खोजें तर क्याबिनमा धमिलो प्रकाश भएकाले
त्यस्तो गर्न सकिनँ । लगभग १० मिनेट जति उसले मलाई कम्मर र गर्दनमा घरिघरि छोयो ।’

विस्तारा एयरलाइन्सले चाहिँ जायराले आफूहरूलाई कुनै गुनासो नगरेको बताउँदै यस घटनाको आफूले अनुसन्धान गर्ने बतायो । हेरौं भिडियो : 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्