०७ साउन २०८३, बिहीबार

हठ त्यागेर मार्ग प्रशस्त गर्न मुख्यमन्त्री लामालाई बानियाँको आग्रह

साउन १६, २०८२
काठमाडौं
हठ त्यागेर मार्ग प्रशस्त गर्न मुख्यमन्त्री लामालाई बानियाँको आग्रह

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । 

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । 

'उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ,' उनले भने । 

आफू र मुख्यमन्त्री लामाबीच कुनै मनमुटाव नरहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्