२० असार २०८३, शनिबार

चक्रे मिलनसहित १९ जनाविरुद्ध ७ दिनको म्याद थप

साउन १६, २०८२
काठमाडौं
चक्रे मिलनसहित १९ जनाविरुद्ध ७ दिनको म्याद थप

प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद पाएको छ।

मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई थप अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीले जानकारी दिए । 

प्रहरीले बिहीबार राति शुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो ।

‘स्क्रिनिङ’ गरेपछि १९ जनामाथि मुद्दा चलाउने निष्कर्षमा प्रहरी पुगेको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्