०३ असार २०८३, बुधबार

दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौं : एनपी साउद

साउन १७, २०८२
कञ्चनपुर
दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौं : एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भूमि आयोगका कार्यलाई जनशक्ति थपेर भए पनि काममा तीव्रता दिनुपर्नेमा जोड दिए । 

अव्यवस्थित बसोवासीले तिर्नुपर्ने जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको उनले बताए । 
 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको पर्यटकीय मार्ग निर्माणका लागि काम अगाडि बढाउन लागिएको उनले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्