
गोरखा २४ मंसिर– डा बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव जितेपछि नयाँ शक्ति र नेपाली कांग्रेसले विशाल विजय जुलुस निकालेका छन् ।
विजयजुलुसमा सहभागि हुन गाउँबाट समेत कार्यकर्ता आएका छन् । गोरखा २ को प्रदेश सभामा पनि एकमा नयाँ शक्ति र एकमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
विजयजुसुलमा नयाँ शक्तिकी नेतृ एवं नायिका करिश्मा मानन्धर पनि सहभागि छिन् ।

यसअघि प्रतिद्वन्दी माओवादी केन्द्रका प्रभावशाली नेता नाराणकाजी श्रेष्ठलाई ७ हजार १ सय ७४ मतअन्तरले पराजीतगर्दै भट्टराई विजयी भएका थिए ।
भट्टराईले ३२ हजार १ सय ७ मत पाउँदा श्रेष्ठले २४ हजार ९ सय ३३ भोट पाए ।
