
ललितपुरमा ३४ वर्षीया श्रीमती कमलामाया खड्कीको हत्या गरेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका- १४ ठैब बस्ने काठमाडौं चन्द्रागिरि नगरपालिका- ८ घर भएका ४६ वर्षीय निरोजकुमार खड्की छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।