१० साउन २०८३, आइतबार

डब्लूसीएल क्रिकेटमा डेभिलियर्सको कमाल : जसले चुमाए दक्षिण अफ्रिकालाई उपाधि

साउन १८, २०८२
काठमाडौं
डब्लूसीएल क्रिकेटमा डेभिलियर्सको कमाल : जसले चुमाए दक्षिण अफ्रिकालाई उपाधि

उमेरले ४२औं वर्ष प्रवेशको तरखरमा रहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्स (डब्लूसीएल) क्रिकेट प्रतियोगितामा कमालको प्रदर्शन गरेका छन् ।

डे भिलियर्सकै उत्कृष्ट प्रदर्शनका कारण दक्षिण अफ्रिकाले डब्लूसीएलको उपाधि जित्यो । दक्षिण अफ्रिकाले फाइनलमा पाकिस्तानलाई नौ विकेटको फराकिलो अन्तरले हरायो । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने १६.५ ओभरमा केवल एक विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । दक्षिण अफ्रिकाको जितमा डे भिलियर्सले उत्कृष्ट शतकीय पाली खेले ।

ओपनर ब्याट्सम्यान डे भिलियर्सले अविजित एक सय २० रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका डे भिलियर्सले केवल ६० बलको सामना गरी सात छक्का र १२ वटा चौका प्रहार गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका जिन पल डुमनीले पनि अविजित ५० रनको योगदान गरे ।

डब्लूसीएलको यो संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि उनी पहिलो स्थानमा रहे ।

उनले ६ खेलमा १४३ को औसतले कुल चार सय २९ रन बनाए । यस क्रममा उनले तीन शतक र एक अर्धशतक पनि प्रहार गरे ।

salt training

कमेन्ट गर्नुहोस्