२३ जेठ २०८३, शनिबार

मिसन २०८४ को लागि केपी ओलीको आवश्यकता छ : पोखरेल

साउन १९, २०८२
काठमाडौं
मिसन २०८४ को लागि केपी ओलीको आवश्यकता छ : पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वमाथि अहिले चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।  

एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहारको निशाना बनेको बताए । यसको सामूहिक प्रतिवाद आवश्यक रहेको पोखरेलको भनाइ थियो  । ‘आज हाम्रो पार्टी र आन्दोलनलाई केन्द्रबिन्दु बनाएर आक्रमण गरिएको छ, त्यसलाई स्थापित नगरी यो आन्दोलन अगाडि बढ्न सक्दैन, अहिले प्रहारको निशाना पार्टी अध्यक्ष बन्नुभएको छ, अहिले भइरहेको प्रहार पार्टीविरुद्धको प्रहार होइन र ?’, उनले भने । 

मिसन २०८४ को लागि केपी ओली अनिवार्य भनेर पार्टी केन्द्रीय कमिटीले निष्कर्ष निकालिसकेको उनले बताए  । ‘मिसन २०८४ को लागि केपी ओलीको आवश्यकता छ भन्ने कुरामा पार्टी केन्द्रीय कमिटी पुगेको छ, यसका अर्थ आउने महाधिवेशनमा कसैलाई रोकिँदैन’, उनले भने । 

मिसन २०८४ लाई केन्द्रमा राखेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने उनले बताए । पार्टीको महाधिवेशनले यसलाई थप बलियो बनाएर लैजाने पोखरेलको दाबी छ । 

महासचिव पोखरेलले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रहस्यमय तथा अलौकिक पात्रजस्तो हुन नहुने भन्दै जनता र कार्यकर्ताबाट नियमित अनुमोदन हुने प्रणालीमा जानुपर्ने बताए । प्रतिस्पर्धाबाट नेतृत्व हासिल गर्ने कुरा पार्टीको संगठनात्मक प्रणाली र जीवन बन्नुपर्नेमा उनले जोड दिए ।

पोखरेलले तथ्यभन्दा बाहिर गएर कुनै पनि विषयको बहस गर्न नहुने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बहस पनि तथ्यभन्दा बाहिर गएर गरिएको उनको भनाइ छ । भण्डारीललाई एमालेले पार्टीभन्दा धेरै माथिको स्थान दिएर गणतन्त्रको गौरवबाट सम्मान गरेको उनले सुनाए । ‘उहाँ हाम्रो पार्टीको गौरव हो, आस्थाको केन्द्र हो, उहाँलाई सिङ्गो राष्ट्रको अभिभावको रूपमा उभ्याउने पार्टीको मिसन हो’, पोखरेलले भने। 

salt training

कमेन्ट गर्नुहोस्