२७ जेठ २०८३, बुधबार

सात करोड खर्च गरेर निर्माण भएको चिस्यान केन्द्र चारवर्षमा पनि सञ्चालनमा आएन

साउन १९, २०८२
रामेछाप
सात करोड खर्च गरेर निर्माण भएको चिस्यान केन्द्र चारवर्षमा पनि सञ्चालनमा आएन

रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा चार वर्षअघि निर्माण सम्पन्न भएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । 

बागमती प्रदेश सरकार र मन्थली नगरपालिकाको संयुक्त लागतमा निर्माण गरिएको ५०० मेट्रिकटन क्षमताको यो चिस्यान केन्द्रका थप आवश्यक पूर्वाधार निर्माण नगरिँदा सञ्चालनमा ल्यान नसकिएको हो । 

प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख गरी कूल सात करोड १० लाखमा चिस्यान केन्द्र निर्माण गरिएको थियो । विसं २०७८ को असार मसान्तमा काठमाडौँस्थित इजी इन्फ्रा प्रालिले निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई जिम्मा लगाएको भए पनि प्राविधिक परीक्षणलगायत अन्तिम काम २०८० साउनमा भएको थियो । प्राविधिक परीक्षण सफल भइसके पनि चिस्यान केन्द्र सञ्चालमा नआउँदा स्थानीय कृषकले लाभ लिन सकेका छैनन् । 

यसको घेराबार, कर्मचारी आवास र शौचालयजस्ता अत्यावश्यक संरचना नबनेकाले हस्तान्तरण प्रक्रियाअघि बढ्न नसकेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए । 

चिस्यान केन्द्र चाँडै सञ्चालनमा ल्याउनुपर्ने मन्थली नगरपालिका–१ का स्थानीय तेजप्रसाद सुवेदीले बताए । यो सञ्चालनमा नआउँदा सार्वजनिक लगानीको उपयोगितामाथि प्रश्न उठेको मन्थली–१ सानीमदौका स्थानीय तेजप्रसाद सुवेदीले बताए । 

मन्थली नगरपालिकाले आफ्नो ३० प्रतिशत हिस्सासहितको रकम प्रदेश सरकारलाई पहिले बुझाइसकेको, विद्युत्को लाइन विस्तार गरी मिटर जडान नगरकै लगानीमा गरिएको मन्थली नगर प्रमुख लव श्रेष्ठले बताए ।

नगरप्रमुख श्रेष्ठले प्रदेश सरकारले स्थानीय सरकारलाई भवन हस्तान्तरण नगर्दा चिस्यान केन्द्र सञ्चालन हुन नसकेकाले चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख विनियोजन गरेको जानकारी प्राप्त भएकाले अब चाँडै सञ्चालनमा आउने बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्